चितवन विशेष
काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको बस चितवनको खैरहनीमा दुर्घटना, आठ जना घाइते
०

चितवन, असार २४-
काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटनामा परेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडक छेउको कल्भर्टमा गएराति ३ बजे बस ठोक्किँदा आठ जना यात्रु घाइते भए छन् । स्थानीय चौधरी मेडिकलमा उपचार पश्चात पाँच जना डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।
पाँच जनाकाे बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ ।
बस चालक झापा अर्जुनधारा गाउँपालिका–११ बस्ने बर्ष ४० को मधुसुदन नेपाललाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट बसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























