चितवन विशेष

चितवन ड्राइभिङ स्कूल व्यवसायी संघको रक्तदान कार्यक्रम सम्पन्न

Banner

चितवन, असार २३-

चितवन ड्राईभिङ स्कुल संघले बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सेन्ट्रल कलेजको विशेष सहयोग भरतपुरको चौबिसकोठीमा हिजो (शनिबार) ड्राईभिङ स्कुल संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

निरन्तर बर्षाका कारण अधिकांस रक्तदाता उपस्थित नभएपनि ५१ जनाले रक्तदान गरेको कृष्णप्रसाद दवाडीले बताए । यस्तै संघका सचिव हरि भण्डारीले पहिलो रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कृष्ण्प्रसाद बरालको संयोजक र कृष्णप्रसाद कंडेको संचालन, यातायात व्यबस्था कार्यलयका प्रमुख पदम प्रसाद बजगाईको प्रमुख अतिथीमा ड्राईभिङ स्कुलका अध्यक्ष मनोज कुमार पोखरेलको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा भरतपुर १० का अध्यक्ष परमेश्वर खानाल र सेन्ट्रल कलेजका प्रिन्सिपल वाइ वि पौडेल विशिष्टि अतिथी रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>