चितवन विशेष
नारायणी पुलबाट एक पुरुष हाम फाले
०

चितवन, असार २३-
नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका हुन् ।
पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।
पुलमा उनले छाडेको साइकल, चप्पल, टोपी लगायतका सामान फेला परेको छ । वेपत्ता पुरुषको खोजी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























