नवलपुर

नारायणीमा फसेका ३ जनाको उद्धारका लागि सशस्त्रको गोताखोर परिचालन

Banner

नवलपुर,असार २२-

नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका तीन जना व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोली परिचालन भएको छ। शनिबार साँझ पूर्व नवलपरासी, गैंडाकोट नगरपालिका–६ स्थित नदीको भंगालमा माछा मार्ने क्रममा तीनजना बेपत्ता भएका थिए।

घटना बारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट १५ जनाको टोली खटाइएकोमा उद्दार खटाइएको थियो। उद्धार हुन नसकेपछि गोताखोरको टोली पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहित १० जना टोली खटाइएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>