चितवन विशेष

वर्षा अपडेट : आठ जिल्लामा भारी वर्षा, मर्स्याङदी र हनुमन्ते खोलामा बाढीले चेतावनी तह नाघ्यो

Banner

चितवन, असार २२-

गएराति देखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा आठ वटा जिल्लामा भारी वर्षा भइरहेको छ ।

बाँके, पाल्पा, दाङ, प्युठान, पर्वत, अर्घाखाँची, स्याङजा र लमजुङमा भारी वर्षा भइरहेको विभागले जानकारी दिएको छ । भारी वर्षाका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको छ ।

पछिल्लो एक घण्टामा सबैभन्दा बढी बाँकेमा पश्चिम राप्तीमा वर्षा रेकर्ड भएको छ । त्यहाँ एक घण्टामा ४२.८ एमएम वर्षा भएको देखिन्छ ।

लगातारको वर्षाका कारण मर्स्याङदी नदी र हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघेको छ । हनुमन्ते खोलाको जगती जलसतह मापन केन्द्र र मर्स्याङदी नदीको बिमलनगर जलसतह मापन केन्द्रमा बाढीले चेतावनी तह नाघेको विभागले जानकारी दिएको छ ।

देशभर वर्षा भइरहेको र नदी तथा खोलाहरुमा बाढी आएकाले स्थानीयहरुलाई सचेत रहन सरकारले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>