चितवन विशेष

कालिकामा नगरशिक्षा योजनाको प्रारम्भिक मस्यौदा तयार

Banner

चितवन, असार २२-

कालिका नगरपालिकाले शिक्षामा दिगो विकासका लागि नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

नगरपालिका अन्तर्गत शिक्षा समितिले बनाएको योजना निर्माण कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको हो । २०८० साल चैत्र २७ गते नगर शिक्षा निर्देशकको संयोजकत्वमा ७ सदस्यीय योजना निर्माण कार्यदल गठन भएको थियो ।

कार्यदल गठन भएको भण्डै चार महिनापछि प्रारम्भिक मस्यौदा तयार गरिएको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षाविद, शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुसँग सुझाव संकलन गरेर प्रारम्भिक मस्यौदा तयार गरिएको नगर शिक्षा निर्देशक गंगाधर रिमालले जानकारी दिए ।

कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदामाथी पहिलो पटक शुक्रवार छलफल भएको छ । नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम लगायतका प्रमुख व्यक्तिहरुको उपस्थितीमा छलफल भएको हो ।

वृहत छलफल गरेर बैज्ञानिक निचोड निकालेर मात्रै मस्यौदालाई अन्तिम रुप दिने नगर प्रमुख रेग्मीले बताए । दीर्घकालिन रुपमा शिक्षाको विकासमा मस्यौदाले काम गर्नेगरी यसलाई अन्तिम रुप दिइने उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख तमाङले पञ्चवर्षिय योजनाका लागि बनेको पहिलो मस्यौदा भएकाले शिक्षाको गुणस्तर सुधारका लागि बृहत छलफल गर्न आवश्यक बताइन् । प्रारिम्भक मस्यौदा भएकाले विज्ञ र विषयसँग सरोकार राख्ने समुह, व्यक्तिहरुसँग थप छलफल गरेर मात्रै अन्तिम रुप दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले प्रारम्भिक मस्यौदालाई सम्पतिको रुपमा लिइने बताए । प्रारम्भिक मस्यौदा तयार हुनु एउटा महत्वपूर्ण उपलव्धीको रुपमा लिनुपर्नेमा उनको भनाइ थियो । ‘पञ्चवर्षिय योजनाका लागि बन्ने मस्यौदा पहिलो चरणमा हेर्दा राम्रो छ’, उनले भने, ‘यसलाई सुरुवाती खाकाको रुपमा लिएका छौं ।’

सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षमा कार्यक्रम आयोजना गरिएको हो । कालिका नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदालाई कार्यपालिकाको बैठकमा समेत पेश गर्ने तयारी छ । कार्यपालिकाको बैठकले अध्ययन र छलफल गरेपछि कार्यपालिकाको बैठकले दिएको सुझावको आधारमा विषयबस्तु थपघट गरी आगामी नगर सभा मार्फत मस्यौदा पारित गर्ने योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>