चितवन विशेष

चार जिल्लामा भारी वर्षा, नारायणी नदीमा जलसतह बढ्दो

Banner

चितवन, असार २२-

पछिल्लो एक घण्टामा चार वटा जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पा, दाङ, अर्घाखाँची र स्याङ्जामा भारी वर्षा भइरहेको छ ।

यी चार जिल्लामा चेतावनी तहमा वर्षा भइरहेको विभागले जनाएको छ । देशका विभिन्न स्थानमा पनि अहिले वर्षा भइरहेको छ ।

वर्षाका कारण कोशी प्रदेशको अरुण नदीमा जलसतहले चेतावनी तह पार गरेको छ भने यता नारायणी नदीको जलसतह पनि बढ्दो छ ।

नारायणी पुलमा जलसतह ९.५ मिटर रहेको छ भने देवघाटमा ५.५५ मिटर रहेको छ । विभागका अनुसार नारायणी पुलमा चेतावनी तह ११ मिटर हो भने देवघाटमा ७.३ मिटरलाई चेतावनीको तह मानिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>