चितवन विशेष

भरतपुरमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु

Banner

चितवन, असार २१-

भरतपुर महानगरपालिका–५ मेलमिलाप टोलमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु भएको छ ।

पर्साको पकाहा महिनपुर गाउँपालिका–५ घर भई हाल भरतपुरमा डेरा गरी लेबरको काम गर्ने ५० वर्षीय सतकोर प्रसाद चौरासीयाको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहीवार बिहान ५ः५० बजे ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई लडेका उनलाई उपचारको लागि निजको सालो रमेश कुमार चौरासीयाले भरतपुर अस्पताल पु¥याएका थिए । उनलाई चिकित्सकले बिहीवार बिहान ७ः१५ बजे मृत घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>