चितवन विशेष

चितवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

Banner

चितवन, असार १९-

चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ ।

स्मार्ट फुड एण्ड स्न्याक प्रालि (चाउचाउ फ्याक्ट्री)मा काम गर्ने रत्ननगर–१४ का ५५ वर्षीय बलबहादुर गुरुङ मंगलवार दिउँसो ११ः५० बजे आफ्नै अफिसको भवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका थिए ।

दुई तला माथिबाट खसेर शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागि बकुलटर टाँडी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मंगलवार दिउँसो १२ः१५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>