चितवन विशेष

चितवन माडीमा बाढीले बगाउँदा एकजना बेपत्ता

Banner

चितवन, असार १२-

चितवनको माडीमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।

बुधबार बिहानदेखि आएको भारी वर्षाका कारण माडी नगरपालिका ५ छर्छरे घर भएका रणबहादुर कामीलाई मगुइ खोलाले बगाएर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका अनुुसार कामी बसन्तपुर बजारबाट आफ्नो घर खैरहनी जाँदै गर्दा माडी वडा नम्बर ४ र ५ को सीमानामा रहेको मगुई खोलाले बगाएको हो ।

बेपत्ता भएका कामीलाई खोज्न इलाका प्रहरी कार्यालय माडीका इन्स्पेक्टरसहितको टोली परिचालन भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय माडीका असइ कैलाश कार्कीका अनुसार खोलाहरुमा अत्याधिक पानीको बहासहित बाढी आउँदा एउटा गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था समेत छैन । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>