चितवन विशेष
चितवनको शक्तिखोरमा जंगली च्याउ खाएर तीन जना विरामी
०

चितवन, असार ११-
चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा सोमवार साँझ जंगली च्याउ खाएका तीन जना विरामी भएका छन् । जंगली च्याउ खाएर विरामी भएकाहरुले भरतपुर अस्पतालमा उपचार गराएका छन् ।
कालिक–९ बस्ने वर्ष ६६ को लाल बहादुर चेपाङ, वर्ष ५० को बल बहादुर चेपाङ र वर्ष १५ को सुजन चेपाङ विरामी भई अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























