चितवन विशेष
भरतपुरमा अचेत अवस्थामा फेला परेका व्यक्तिको मृत्यु, साथबाट लागुऔषध बरामद
०

चितवन, असार ११-
भरतपुर महानगरपालिका–१२ सुनगाभा टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । सोमवार दिउँसो १ः२० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
ती व्यक्तिको साथबाट तीन वटा मोबाइल, लागुऔषध प्रोमेथिन एक एम्पुल, बुप्नेरोफाइन एक एम्पुल, सिरिञ्ज एक थान, नगद ४२५ रुपैयाँ र आडैमा रोकिराखेको बा ४१ प ९०६९ नम्बरको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
निज ब्यक्तिलाई उपचारको लागि भरतपुर अस्पताल पठाईएकोमा सोमवार दिउँसो २ः२० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको रिजालले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























