चितवन विशेष

चितवनमा आज र भोलिको नेपाली अर्थतन्त्र शीर्षकको सिकाइ कार्यक्रम समपन्न

Banner

चितवन, असार १०-

नेपाली युवा उद्यमी मञ्च, (एनवाईइएफ) चितवन च्याप्टरले आज र भोलिको नेपाली अर्थतन्त्र शीर्षकको सिकाइ कार्यक्रम समपन्न गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा विश्वनाथ पौडेलको उपस्थितिममा चितवन च्याप्टरले भरतपुरको सिराइचुलीमा सिकाइ कार्यक्रम समपन्न गरेको हो ।

४२ जनाको सहभागिता रहेको सिकाइ कार्यक्रममा डा पौडेलले नेपालको अर्थतन्त्रको अवस्थाका साथै उद्यमीहरूमा रहेको चुनौती र असरबारे बताएका थिए । जिल्लामा यस्तो कार्यक्रम आयोजना गर्दा युवा उद्यमीलाई टेवा पुग्ने चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ जानकारी दिए ।

चितवनका युवा उद्यमीलाई नेपालको आर्थिक वातावरणको ज्ञान दिन संचालन गरिएको यस कार्यक्रमले युवा उद्यमीहरूको विकासमा महत्वपूर्ण योगदान पु¥याउने समिति सदस्य रजदीप ओझाले बताए । उनका अनुसार सिकाइ कार्यक्रम सहभागीलाई योजना आयोगका पूर्व उपाध्यक्ष डा. पौडेल र वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठको अभिव्यक्तिल निकै टेवा पुग्ने छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>