चितवन विशेष

जंगली च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु, चार जना गम्भीर बिरामी

Banner

चितवन, असार ९-

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर बिरामी परेका छन् । मकवानपुरको राक्सीराङ गाउँपालिका ७ का एकै परिवारका पाँच जना बिरामी परेका हुन् । बिरामी मध्ये एक जनाको मृत्यु भएको हो ।

बिरामी परेका उनीहरुको चितवन स्थित भरतपुर अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नं ७ दुगुवाङका ५५ वर्षिय बलबहादुर प्रजा (चेपाङ) रहेका छन् । उनकी श्रीमती ४५ वर्षिया जालिमाया प्रजा, छोरी १५ वर्षिया रेञ्जु प्रजा, छोरी ८ वर्षिया सविना प्रजा र छोरा १० वर्षिय सुशल प्रजा बिरामी परेका छन् ।

बलबहादुरको अस्पताल ल्याउँदा मृत्यु भईसकेको भरतपुर अस्पतालले जानकारी दिएको छ । अन्य चार जनालाई अब्जरभेसनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान ६ बजेको समयमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>