चितवन विशेष

चितवनमा कृषि प्राध्यापकहरुलाई जलवायु मैत्री कृषि तालिम प्रदान

Banner

चितवन, असार ८–
चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुलाई जलवायू मैत्री कृषि अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि विश्वविद्यालय अन्तर्गत रहेको निरन्तर शिक्षा केन्द्र र विश्व विद्यालयमा सञ्चालित युएसए आइडी कृषि उच्च शिक्षा कार्यक्रमको सहयोगमा उनीहरुलाई दुई दिनसम्म तालिम प्रदान गरिएको हो ।

विश्वविद्यालयका कृषि, वन र भेटिरिनरी संकायका प्राध्यापकहरुको क्षमता अभिबृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. नराजन भट्टराईले बताउनुभयो । नेपाल जलवायु परिवर्तन र यसको असरका हिसाबले उच्च जोखिमयुक्त देश हो । त्यसकारण उच्च शिक्षा प्रणालीमा जलवायुमैत्री कृषि सम्बन्धी विषय वस्तुहरु कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भट्टराईले बताउनुभयो ।

तालिममा विशेष सहजिकरण गर्दै अमेरिकाको अलाबामा राज्य कोटस्केगी विश्वविद्यालयका प्राध्यापक डा. उमा कार्कीले जलवायु परिवर्तन र कृषि क्षेत्रमा देखिएका विभिन्न असरहरु र यसको न्युनिकरणका उपायहरु, पशुपालन प्रणाली र यस क्षेत्रबाट उत्पादन हुने हरितगृह ग्यास उत्सर्जनर यसको असर न्यूनीकरण रणनीतिका विभिन्न आयाममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तालिममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्य प्रसाद रेग्मी, सेवा आयोग अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, रजिष्टार प्रा.डा. शारदा थपलियाको विशेष उपस्थिति रहेको थियो । तालिममा विश्वविद्यालयको केन्द्रिय संकाय र आंगिक कलेजहरुमा कार्यरत ३० जनाभन्दा बढि प्राध्यापकहरुको सहभागिता रहेको थियो । नेपाल जलवायु परिवर्तनको जोखिमका हिसावले विश्वमा चौथो स्थानमा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>