चितवन विशेष

माओवादी केन्द्रका नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउने चितवन अदालतको आदेश सदर

Banner

चितवन, असार ८-

व्यक्ति हत्या मुद्धामा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता कालिबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउने चितवन जिल्ला अदालतको आदेश उच्च अदालत पाटन हेटौंडा इजलासले सदर गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।

जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेको छ । २०६५ वैशाख २८ मा त्रिशुली नदीमा श्रेष्ठको शव भेटिएको थियो ।

माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्ति खोरमा लगेर थुनामा राखी यातना दिएको पीडित परिवारको आरोप छ ।

शव त्रिशुली नदीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>