खेलकुद
रोहितको आग्रह- प्लिज गुल्सनलाई गाली नगरिदिनु होला
०

काठमाडौं, असार ६-
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गुल्सन झालाई गाली नगर्न आग्रह गरेका छन् ।
गुल्सनकै कारण नेपाली क्रिकेट आज यहाँसम्म आएको र नेपाली टोलीले धेरै एक्सपोजर पाएको बताउँदै । रोहितले गुल्सन बारे नकारात्मक टीकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।
विश्वकपमा सहभागी भएर फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोलीको हारको दोष थोपरिएका गुल्सनबारे बोल्दै रोहितले भने, ‘फ्यानभन्दा बढी गुल्सन दुखी थियो। फ्यानले उसकै अगाडि तिमीले गरेर हारेको भन्दिए। त्यो सुनेर नराम्रो लाग्यो। त्यसो नगरिदिनु होला, उसकै कारण हामीले धेरै एक्सपोजर पाएका हौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























