क्रिकेट

दीपेन्द्रसिंह ऐरी आईसिसीको उच्च वरियतामा, तीन स्थानमाथि उक्लदै छैटौं स्थानमा पुगे

Banner

काठमाडौं,असार ५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । आईसीसीले मंगलबार जारी गरेको टी-ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उम्कलिएका हुन। आईसीसीका अनुसार उनी यस अघि नवौं स्थानमा रहेका थिए।

अमेरिका र वेस्ट इन्डिजमा जारी टि-ट्वान्टी विश्वकपमा ऐरीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँगको खेलमा ३२ रन जोड्नुका साथै ६ विकेट लिएका थिए। ऐरीले ओमानमा भएको एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका थिए। टी-ट्वान्टी आईको अलराउन्डरको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस, दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा,तेस्रो स्थानमा बंगलादेशका ‌शाकिब अल हसन रहेका छन्।

यसैगरी चौथो स्थानमा अफगानिस्तानका‌ मोहम्मद नाबी,पाँचौं स्थानमा जिमबावेका सिकन्दर राजा छन्। ऐरीलाई भारतका हार्दिक पाण्डेय, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका एडेन मारकमले पछ्याइरहेका छन्। नेपालका कुशल मल्ल एक स्थान तल झरेका छन्। उनी ३६ नम्बरमा रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>