नवलपुर
ढल खन्ने क्रममा ३ मजदुरको मृत्युपछि कावासोती नगरपालिकामा आज बिदा
०

नवलपुर,जेठ ३२-
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निर्माणका क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि नगरपालिकाले आज बिदा दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नगरपालिकाको बैठकले तीन कामदारको मृत्यु भएका कारण शोक मनाउन बिदा दिने निर्णय गरेको हो । बिहीबार नाला निर्माणमा खटिएका कावासोतीका ५१ वर्षीया सेती राना, २६ वर्षकी तानमया मस्रांगी,३२ वर्षीया चमेली सिंजालीको मृत्यु भएको हो ।
नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरूको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनु पर्ने र दोषीलाई कारबाहीको माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























