चितवन विशेष

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

Banner

चितवन, जेठ ३१-

भरतपुर महानगरपालिका–१८ हरिहरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

लमजुङ घरभई भरतपुर–१७ भुषालचोकमा डेरा गरी बस्ने १९ वर्षीय दिपक परियारको नदीमा डुबेर मृत्यु भएको हो ।

बुधवार दिउँसो साढे २ बजे नदीमा डुबेपछि बेहोस भएका परियारलाई स्थानीयले उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएका थिए ।

भरतपुर अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ३ः१० बजेको समयमा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>