कालिका
एकल महिलालाई आत्मनिर्भर बनाउन कालिका नगरपालिकामा बाख्राको पाठी वितरण
०

कालिका,जेठ ३१-
कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो ।
नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उहाँले बताउनुुभयो । उहाँले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























