चितवन विशेष
युएसए बिशेष मेट्सको एड्मिशन डे सम्पन्न

जेठ २९, चितवन-
शैक्षिक परामर्शको क्षेत्रमा डेढ दशक लामो यात्रा तय गरेको मेट्स चितवन, नारायणगढले उच्च शिक्षा अध्ययनका लागि युएसए जान चाहने बिद्यार्थीहरुका लागि लक्षित गरि ‘युएसए एडमिसन डे’ कार्यक्रमको आयोजना गरेको छ। उच्च शिक्षा अध्ययनका लागि युएसए जान चाहने बिद्यार्थीहरुको संख्या उल्लेख्यरुपमा वृद्धि भएपछि मेट्स चितवन नारायणगढले यस किसिमको कार्यक्रम आयोजना गरेको हो । डकुमेन्टेशन, स्कलरशिप, प्रोसेसिङ्गका बारेमा बिद्यार्थीहरुलाई काउन्सिलिङ प्रदान गरिएको थियो । शतप्रतिशत सम्मको स्कलरशिपको सुबिधा सहित प्रोसेसिङ्ग शुल्कमा ३० प्रतिशतको छूट, भिसा इन्टरभ्यु ओरिएन्टेशन शेशन निशुल्क, आइएलटिएस पिटिई मा ६५ प्रतिशत छूट र आइएलटिएस पिटिई बिना नै प्रोसेस गर्न सकिने लगायतका बिषयहरुमा बिद्यार्थीहरुले बिस्तृत जानकारी हासिल गरेका थिए ।
१७२ जना बिद्यार्थीहरुको उपस्थिति रहेको सो कार्यक्रममा सहभागी बिद्यार्थीहरुको साथमा अभिभावकहरुको पनि उत्तिकै उपस्थिति रहेको थियो । सय भन्दा बढी कलेज युनिभर्सिटीहरुसङ्ग सहकार्य र समन्वय गर्दै आइरहेको मेट्स इन्टरनेशनलले ७० भन्दा बढी राष्ट्रीय तथा अन्तराष्ट्रीय अवार्डहरु प्राप्त गर्न सफल भैसकेको छ भने १ लाख भन्दा बढी बिद्यार्थीहरुलाई सेवा प्रदान गरिसकेको छ ।