चितवन विशेष

चितवनमा लागुऔषध सहित २ जना प्रहरी नियन्त्रणमा

Banner

चितवन, जेठ २८-

चितवनमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पूर्वि चितवनको रत्ननगरपालिका वडा नम्बर १२ मिलिजुलीचोक स्थित भित्रि सडकखण्डबाट शुक्रबार इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले लागुऔषध सहित दुई जना पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा बा प्र ०६-००१ प ५४४९ नम्बरको मोटरसाइकलमा चेकका क्रममा  उनीहरुको साथमा लागुऔषध फेला परेको  चितवन प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ११ बस्ने ३० बर्षिय सरोज कुमार तामाङ र सोही मोटरसाइकलमा सवार २८ बर्षिय विनोद परियार रहेका छन् ।

परियारले समातेको झोलामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाड्रोक्लोराइड १ हजार ५ सय एम्पुल, हाइड्रोक्लोराइड १ हजार ५ सय ट्याब्लेट भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिले उनीहरुलाई चितवन प्रहरीले चितवन अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>