चितवन विशेष

भरतपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

Banner

चितवन, जेठ २८-

भरतपुर महानगरपालिका–११ मनकामना टोलस्थित भित्रि सडकखण्डमा आइतबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतवार राति करिब ८ः४० बजेको समयमा प्र३–०२–०९ प २४३८ र ग७प ८९४१ नम्बरको मोटरसाइकलहरु आपसमा ठोक्किएका थिए ।

मोटरसाइकलहरु आपसमा ठोक्किदा प्र३–०२–०९ प २४३८ नम्बरको मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–५ घर भई हाल भरतपुर–१ रामनगर बस्ने ४० वर्षीय अर्जुन प्रसाद रेग्मीको टाउको र खुट्टामा गम्भिर चोट लागेको थियो ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान १ः१० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

ग७प ८९४१ नम्बरको मोटरसाइकल चालक भरतपुर–११ मायादेवी टोल बस्ने २२ वर्षीय रोहन थापा गम्भिर घाइते भएको उनले बताए । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>