चितवन विशेष

दरै समुदायको लागि क्षमता अभिबृद्धि तथा चेतनामुलक प्रशिक्षण

Banner

चितवन, जेठ २८-

भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने दरै समुदायका नागरिकका लागि क्षमता अभिबृद्धि तथा चेतनामुलक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजना तथा नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिको सहकार्यमा सुरु भएको प्रशिक्षण कार्यक्रम असार ८ गते सम्म प्रशिक्षण सञ्चालन हुने छ ।

भरतपुर महानगरपालिका भित्र दरैहरुको बसोबास भएको १६ वटा गाउँलाई लक्षित गरी प्रशिक्षण सुरु भएको हो । पहिलो दिन आइतबार भरतपुर महानगरपालिका १, ११, ९ र १२ नम्बर वडामा प्रशिक्षण दिईको हो । जसमा महिला र पुरुष गरी ८० जनाको सहभागिता रहेको थियो ।

पहिलो दिन क्षमता अभिबृद्धि शिर्षकमा पुर्ण प्रसाद शर्मा, उद्यमशिलता सम्बन्धि मंगलराम दरै र स्वास्थ्य सम्बन्धि रेशम दरैले प्रशिक्षण दिए । दोस्रो दिन आज संस्कार र संस्कृति तथा महिला हिंसा र शशक्तिकरण सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिइने छ ।

यसअघि नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिका अध्यक्ष आशराम दरैको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले दरै समुदायको हक अधिकार र सामाजिक तथा सांस्कृतिक विषयका क्षेत्रमा आवाज उठाउन ढिला भइसकेको तर्क गरे ।

आफ्नो हक अधिकारका लागि आफै लड्नु पर्ने उनले बताए । दरै समुदायको संस्कार सस्कृति जगेर्ना गर्नको लागी भरतपुर महानगर सँधै तत्पर रहेको उनको भनाइ छ । लोप हुँदै गएको आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति संरक्षणमा यस्ता खालका कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने उनले बताए ।

नेपाल दरै उत्थान समाजका केन्द्रीय अध्यक्ष मंगलराम दरैले चितवनमा थारु समुदायपछि दरैले दोस्रो मुलबासीको रुपमा दाबी गर्दै आएको बताए । पछिल्लो समय मिश्रीत बसोबासका कारण दरै समुदायको भाषा र भेषभुष लोप हुदै गएको बताए ।

नेपाल दरै उत्थान समाज चितवनका अध्यक्ष रेशम दरैले क्षमता अभिवृद्धि नभए सम्म हामीले कुनै पनि काम गर्न नसक्ने बताए । भरतपुर महानगरपालिका कार्यपालिका सदस्य गोपाल दरैले नेपालमा हेर्न हो भने दरै जाति करीब लोपोन्मुख अवस्थामा पुगेको बताए । भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्तले दरै जातिको संस्थाको भवन बनाउन सक्नेजति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>