नवलपुर
गर्मीका कारण नवलपुरको मध्यविन्दुका विद्यालयमा तीन दिन बिदा
०

नवलपुर,जेठ २७-
अत्यधिक गर्मी बढेका कारण मध्यविन्दु नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।नगर शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले आइतबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्ने लगायतको समस्या आएकाले सोमबारदेखि बुधवारसम्म सबै विद्यालयमा विदा दिइएको जानकारी दिए ।
पूर्वी नवलपरासीमा आइतबार दिउँसो ३९ डिग्री तापक्रम रेकर्ड भएको छ । पानी परेर खेतमा धान रोप्ने बेलामा अत्यधिक गर्मी बढिरहँदा नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गर्न बाध्य भएको हो ।गर्मीका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।