कालिका
चितवनको कालिकामा रुखबाट लडेर एकजनाको मृत्यु
०

कालिका,जेठ २७-
चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो । गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























