चितवन विशेष

संविधानले दण्डनीय मानेको जातीय विभेद व्यवहारमा यथावतः राष्ट्रिय सभा सदस्य सुनार

Banner

चितवन, जेठ २६-

नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई संविधानले दण्डनीय मानेपनि व्यवहारमा अझैं विभेद यथावत रहेको राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले बताएका छन् ।

हिजो (शुक्रबार) क्यान्सर अस्पतालको सभाहलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको पाँचौ स्थापना दिवसको अवसरमा सुनारले विभेदलाई संविधानले नै दण्डनीय मानेपनि व्यवहारमा अझैं विभेद रहेको बताएका हुन् ।

स्थानीय सरकारमा दलित महिलाको उपस्थिति र यसको प्रभावकारिता विषयक अन्तरसंवाद कार्यक्रममा उनले दलित महिला वडा सदस्यलाई कुनै पनि बैठकको निर्णय पुस्तिका स्पष्ट रूपमा अध्ययन नगरी हस्ताक्षर नगर्न समेत आग्रह गरेका हुन् । दलितका सवालमा के कस्ता ऐन नियमहरुको निर्माण भएको छ यसबारेमा दलित महिला वडा सदस्यहरू अपडेट हुन जरुरी रहेको उनले बताए ।

संघका अध्यक्ष श्याम वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवम् केन्द्रीय प्रतिनिधि अमिर रामदामले स्थानीय सरकारमा दलितको उपस्थिति र यसको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक भावेश रिमाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष एवम् मानव अधिकारवादी डा.यमबहादुर वि.क, समाजसेवी यज्ञविलास पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>