चितवन विशेष
कोक फ्याक्ट्रीमा काम गर्ने मजदुर ट्रकबाट खसेर गम्भिर घाइते, विर हस्पिटल रिफर
०

चितवन, जेठ २६-
भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित कोक फ्याक्ट्रीमा काम गर्ने एक मजदुर ट्रकबाट खसेर गम्भिर घाइते भएका छन् ।
शुक्रवार कोक फ्याक्ट्रीमा ना ६ ख२१८७ नम्बरको ट्रकमा फलाम लोड गरी झर्ने क्रममा एक्कासी भुईमा खसेर राप्ति नगरपालिका–३ बस्ने ३७ वर्षीय श्यामलाल लगुन गम्भिर घाइते भएका हुन् ।
टाउकोमा चोट लागी घाइते भएका उनलाई उपचारको लागी चितवन मेडिकल कलेज लगिएको थियो ।
टाउकोमा रगत जमेको र अवस्था गम्भिर भएको भनि चिकित्सकले बताएपछि गएराति साढे १२ बजे थप उपचारको लागि विर हस्पिटल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























