चितवन विशेष

चितवनमा अल्फा एजुकेशनको सेवा सुरु

Banner

चितवन, जेठ २६-

अल्फा एजुकेशन कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र)ले चितवनबाट समेत सेवा सुरू गरेको छ । शुक्रबार नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उच्च शिक्षा आर्जनसँगै युवाशक्तिको भविष्य निर्माणमा टेवा पु¥याउँदै आएको केन्द्रले काठमाडौँ, पोखरा र विराटनगरपछि चितवनबाट सेवा सुरू गरिएको केन्द्रका म्यानेजिङ डाइरेक्टर रोमनसिंह थापामगरले जानकारी दिए ।

केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले अध्ययनसँगै वैदेशिक रोजगारमा जाने युवाहरू राम्रो परामर्श केन्द्रको अभावमा धेरैले दुःख पाइरहेको बताए । ‘अल्फा एजुकेशन हरेक विद्यार्थीको लागि सबैभन्दा सहज मार्ग बनोस्,’ उनले भने, ‘किनकि धेरै विद्यार्थीले राम्रो शैक्षिक परामर्श केन्द्र नपाउँदा अनाहकमा दुःख पाइरहेका छन् ।’

केन्द्रले अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, कोरिया, वेलायत, जापान, डेनमार्कलगायतका देशमा विद्यार्थी पठाउने गरेको छ । शैक्षिक परामर्श केन्द्रहरूको भीडमा अल्फाले आफ्नो छवि राम्रो बनाउनुका साथै विदेशका शैक्षिक संस्थाहरूसँग सीधा सम्पर्कमा काम गरेको हुँदा हालसम्म कुनै पनि विद्यार्थीलाई समस्या नपरेको केन्द्रका म्यानेजिङ डाइरेक्टर रोमनसिंह थापामगरले दाबी गरे ।

‘हामी विद्यार्थी र अभिभावक दुवैलाई राम्रोसँग परामर्श दिएपछि मात्रै पढाइ सुरू गर्छौँ,’ उनले भने, ‘कुन देश पठाउने भन्ने विषयमा पनि अभिभावकको आर्थिक अवस्थालाई हेरेर काम गर्दै आएका छौँ ।’ हरेक अभिभावकले आफ्नो आर्थिक अवस्था र छोराछोरीको चाहनाअनुसार राम्रोसँग बुझेर मात्रै वैदेशिक यात्रामा पठाउन पनि उनले सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>