समाचार

इन्स्पेक्टर शिवाकोटीमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको अनुमति

०
Banner

काठमाडौं, जेठ २५-

नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवकोटीलाई बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बुधवार साँझ पक्राउ परेका हुन् । आफ्नो घरमा बस्ने किशोरीलाई उनले बलात्कार गरेको आरोप छ । काठमाडौँ महानगरपालिकाको टोली र प्रहरीले स्वयम्भू स्थित घरबाट किशोरीलाई उद्धार गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>