धार्मिक/सांस्कृतिक

१९९० को भूकम्पले भत्काएको सुनाकोटीको भङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने

०
Banner

ललितपुर, जेठ २४-

ललितपुर महानगरपालिका–२७ सुनाकोटीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने भएको छ । विसं १९९० को भूकम्पले भत्काएपछि पुरानै शैलीमा पुनः निर्माण नभएको भृङ्गारेश्वर महादेवको मन्दिर पुरानो टुँडालस्वरुपमा निर्माण हुने भएको छ ।

ललितपुरको सुनाकोटी धार्मिक तथा पर्यटकीय दृष्टीकोणले राम्रो भएकाले भृङ्गारेश्वर महादेवको ऐतिहासिक मन्दिरलाई पुरानो कलात्मक शैलीमा पुनः निर्माण गर्न लागेको ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राचीनकालमा निर्मित भृङ्गारेश्वर मन्दिर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । प्राचीनकालमा निर्माण भएको मन्दिरलाई महानगरपालिकाको सहयोगमा पुरानो शैलीमा पुनः निर्माणको लागि डिपिआर प्रक्रिया अघि बढेको छ ।

वडाध्यक्ष महर्जनले भन्नुभयो, “सुनाकोटीलाई धार्मिक तथा प्रर्यटकीय रुपमा चिनाउनका लागि हामीले काम गरिरहेका छौँ, ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलगायत अन्य मठमन्दिर पनि छन्, हामीले निर्माण र संरक्षण गरिरहेका छौँ ।”

ऐतिहासिक सम्पदा भृ्ङ्गारेश्वर महादेव मन्दिरलाई पहिलेकै स्वरुपमा पुनः निर्माण गरेर मन्दिर परिसरमा रहेका अन्य मन्दिरलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनको बताउनुभयो ।

उहाँका अनुसार भृङ्गारेश्वर महादेवको मन्दिर परिसरमा बालकुमारी त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, गणेश मन्दिर र भृङ्गारेश्वर महादेवको भजन गर्ने धर्मशाला लगायतका ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>