समाचार
यौन दुर्व्यवहार आरोपमा प्रहरीका बहालवाला इन्सपेक्टर पक्राउ
०

काठमाडौं,जेठ २४-
नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।
उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ । शिवाकोटीलाई हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























