समाचार

एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

Banner

मोरङ, जेठ २४-

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका खनालको उपचारका क्रममा भारतको हैदराबादमा मृत्यु भएको हो ।

उपचारका लागि हैदरावाद लगिएका खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीले बताए । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

रोगले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>