चितवन विशेष
चितवनमा संरक्षणमा आमाहरू कार्यक्रम सुरु

चितवन, जेठ २३-
चितवनमा संरक्षणमा आमाहरू कार्यक्रम सुरु गरिएको छ। विश्व वातावरण दिवस को अवसर पारेर भरतपुर १३ को गंगानगर बाट कार्यक्रम को शुरूवात भएको हो।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवन ले कार्यक्रम सञ्चालन गरेको अभियानका संस्थापक अपिल घिमिरेले बताउनुभयो। बर्ष भरि को क्यालेन्डर बनाएर आमाहरूको नेतृत्वमा संरक्षणका गतिविधि गरिने अभियान का कार्यक्रम प्रमुख अपेक्षा बस्नेतले बताउनु भयो। सरसफाई,बृक्षारोपण,बिविध प्रतियोगिता हरू गरेर सचेतनामुलक संरक्षण का कृयाकलाप गरिने घिमिरेले जानकारी गराउनुभयो।
घरयासी फोहोर मैला ब्यबस्थापन,बर्गीकरण,नदी माथी हुने बाधा ,अवरोध र अवान्छित गतिविधिलाई नियन्त्रण गर्ने,नदी र जलचर लाई जोगाउने,वन ,वन्यजन्तु प्रति समुदायमा सकारात्मक सन्देश दिने कार्यक्रम ल्याईने कार्यक्रम प्रमुख बस्नेतले बताउनुभयो।
संसारमा बातावरण संरक्षणमा महिलाहरूको सहभागीता र अगुवाइले सफलता पाएको उदाहरणहरू छन्, वन फँडानी जोगाउन भारतमा महिलाहरूले चिप्को आन्दोलन सञ्चालन गरेका थिए,नर्मदा नदी जोगाउन मेधा पाटकर को आन्दोलन जारी छ ।यस्तै दृष्टान्त ले प्रेरित भएर संरक्षणमा आमाहरू कार्यक्रम सञ्चालन ल्याईएको अभियानका संस्थापक घिमिरेले बताउनुभयो।


























