चितवन विशेष

यूरोकिड्स चितवनले मनायो विश्व वातावरण दिवस

Banner

चितवन, जेठ २३

भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित आनन्दमार्गमा रहेको युरोकिड्स चितवनले विश्व वातावरण दिवस मनाएको छ । बुधवार भरतपुरमा र्‍याली निकाली वातावरण दिवस मनाएको हो ।

अहिलेको पुस्ता पर्यावरण संरक्षणमा हरेक क्षण निकै सजक हुनु आवश्यक छ भन्ने सन्देश दिनको लागि र्‍याली गरिएको बताइएको छ । मानिसका क्रियाकलापले गर्दा हरेक बर्ष पृथ्वी को तापक्रम बढिरहेको र यसको असर जलवायु परिवर्तन देखिन थालेकाले यसबारेमा साना नानबाबुहरुलाई जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको युरोकिड्सले जानकारी दिएको छ । युरोकिड्सले वातावरण सम्बन्धी विद्यार्थीलाई सधै जानकारी दिनुपर्ने बताएको छ । ‘हामीले नानीबाबुहरुलाई एक दिन मात्र यसका बारेमा जानकारी दिनु हुँदैन । हामीले सधै सचेत गराउनुपर्दछ,’ किड्सले भनेको छ । पृथ्वीलाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरा बुझाउनुपर्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>