चितवन विशेष
अन्तर विद्यालय चित्रकला प्रतियोगितामा भद्रकुमारी प्रथम
०

चितवन, जेठ २३-
भरतपुर महानगरपालिका ११ स्थित नारायणी ई.पब्लिक स्कुलले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा भद्रकुमारी प्रथम भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विद्यालयका ५० जना विद्यार्थी मध्ये भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालयका विकाश लहेरा प्रथम भएका हुन् ।
यस्तै लिटल फलावर स्कुलकी शौली घिमिरे द्धितिय र न्यु होराईजन ई. स्कुलकी अस्ले गुरुङ्ग तृतिय भएकी छिन् ।
यस्तै हाम्रो भुमि हाम्रो भविष्य भन्ने नारा लिएर वातावरण संरक्षण सम्बन्धी चित्रकला कार्यक्रम संचालन गरेको विद्यालयका प्राचार्य वेदराज न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका पलस्टुका कार्यक्रम संयोजक जनक राज घिमिरे, भरतपुर ११ वडा सदस्य सिता रनपाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























