चितवन विशेष

भरतपुरको चौविसकोठीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

Banner

चितवन, जेठ २३-

भरतपुर महानगरपालिका–१० चौविसकोठीमा अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

भारत मोतिहारी छतौलिया घरभई हाल भरतपुर–२७ पर्साढापमा डेरा गरी बस्ने ६६ वर्षीय रिहाना खातुन मंगलवार दिउँसो १२ः१५ बजेको समयमा चौविसकोठीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

एक्कासी बेहोस भई भुईमा ढलेकी खातुनलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । अस्पतालमा इसिजी गर्ने क्रममा दिउँसो १२ः४० बजे चिकित्सकले खातुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>