चितवन विशेष

नारायणी नदी किनारमा एक पुरुषको शव फेला

Banner

चितवन, जेठ २३-

भरतपुर महानगरपालिका–४ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नारायणी सामुदायिक वनको पछाडिपट्टि मंगलवार दिउँसो ४ बजेको समयमा शव फेला परेको हो ।

स्थानीयको जानकारी पश्चात घटनास्थल पुगेको प्रहरीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हाे । मृतक पुरुषको पहिचान नखुलेकाे जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

पोष्टमार्टमको लागि शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>