अन्तर्राष्ट्रिय

भारतमा बहुमत नल्याउने भएपछि नीतिश कुमारलाई प्रधानमन्त्री बनाउन लबिङ

Banner

काठमाडौं,जेठ २२-

लोकसभा निर्वाचन २०२४ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमत नल्याउने भएपछि जनता दल (युनाइटेड)– जेडी (यू)ले ‘प्रेसर पोलिटिक्स’ सुरू गरेको छ । जेडी (यू)का नेताले नीतिश कुमारलाई भारतको प्रधानमन्त्री बनाउनको लागि लबिङ सुरू गरेका छन् । जेडी (यू)को लबिङसँगै भारतमा राजनीतिक सरगर्मी बढेको छ ।

भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा जेडी (यू) रहे पनि भाजपा एक्लैले बहुमत नल्याउने भएपछि नयाँ चलखेल सुरू भएको हो ।
५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा बहुमतको पुर्‍याउन २७२ आवश्यक पर्छ । प्रारम्भिक मतगणनाअनुसार भाजपा एक्लैले २४० सिटको हाराहारीमा जित्ने देखिएको छ । एनडीयूले २९४ सिटको हाराहारीमा ल्याउने देखिन्छ ।

नीतीश कुमारको पार्टी जेडी (यू) एमएलसी खालिद अनवरले मंगलबार दिएको अभिव्यक्तिले एनडीयूमा फुट आउने संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>