अन्तर्राष्ट्रिय

अष्ट्रेलियाली सैन्य भर्ना विदेशीका लागि पनि खुल्दै

Banner

सिड्नी,जेठ २२-

अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)ले बेलायत लगायतका अन्य मुलुकबाट पनि आफ्नो देशमा सेना नियुक्त गर्न अनुमति दिने भएको छ । अष्ट्रेलियामा क्षेत्रीय चुनौतीको सामना गर्न सेनालाई सुदृढ गर्न खोजिएको बताइएको छ । आउँदो जुलाईबाट न्युजिल्यान्डका नागरिक जो त्यहीका स्थायी बासिन्दा हुन् उनीहरूले अष्ट्रेलियन सेनामा भर्तीका लागि आवेदन दिन सक्नेछन् ।

त्यसपछि अर्को वर्षबाट बेलायत, अमेरिका र क्यानडा लगायतका मुलुकबाट पनि सैनिक भर्ना गरिने जनाइएको छ । अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेजले राष्ट्रिय सुरक्षाको चुनौती आगामी दशक र त्यसपछि सामना गर्न सैन्य भर्नाको आवश्यकतासम्बन्धी योग्यता परिवर्तन गर्नु परेको जनाएका छन् ।

अष्ट्रेलिया र न्युजिल्यान्डबीच पहिला नै दुवै देशका सेनाबीच आर्मी कर्प्स रहँदै आएको छ । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>