अन्तर्राष्ट्रिय

भारतमा बाढीका कारण १८ जनाको मृत्यु, छ लाखभन्दा बढी प्रभावित

Banner

काठमाडौं,जेठ २२-

भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ भने छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मंगलबार अधिकारीहरूले बताएका छन् । बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ ।

आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको हो । यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।

अधिकारीहरूले हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>