अन्तर्राष्ट्रिय

स्मृति इरानी पछि परिन्, कांग्रेसका शर्मा ९० हजार मतले अगाडि

Banner

नयाँ दिल्ली,जेठ २२-

भारतको अमेठी सिटबाट विपक्षी कांग्रेसका उमेदवार किशोरीलाल शर्मा दिउँसो २.२० बजे सम्मको गणनामा ९० हजार मतले अगाडि देखिएका छन् ।

भाजपा नेतृ स्मृति इरानी प्रतिस्पर्धामा निकै पछि परेकी छन् । सो स्थानमा अघिल्लो निर्वाचनमा राहुल गान्धीलाई स्मृतिले पराजित गरेकी थिइन् ।

प्रियंका गान्धीले ट्विट गर्दै भनेकी छन्, “किशोरी भैया, मलाई कहिले पनि कुनै शंका थिएन । मलाई सुरुदेखि नै यकिन थियो कि तपाईँले जित्नुहुनेछ । तपाईंलाई र अमेठीका मेरा प्यारा भाइ र बहिनीलाई हार्दिक बधाई ।”

अमेठीलाई गान्धी परिवारको गढ मानिने गरेको छ । यसअघि राहुल गान्धी सो क्षेत्रमा चुनाव नलडेपछि भागेको भनेर सत्तारुढ भाजपा नेताले व्यङ्ग्य गरेका थिए । बीबीसी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>