इच्छकामना

इच्छाकामनामा निःशुल्क स्वास्थ्य शिविर र शैक्षिक सामग्री वितरण

Banner

चितवन जेठ २१-

युथ क्लब नारायणगढले इच्छाकामना गाउपालिकाको वल्र्याङका बालबालिकालाई स्वास्थ्य शिविर तथा शैक्षिक समग्री वितरण गरेको छ । इच्छाकामना गाउँपालिका वडा नं. २ को राष्ट्रिय आधारभुत विद्यालय वल्र्याङमा अध्ययन गर्ने एकसय ११५ विद्यार्थीको निः शुल्क स्वास्थ्य उपचार र औषधि वितरण गरिएको हो । शिशु तह देखि कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । भरतपुर केन्द्रीय अस्पतालका एनआइसीयु इन्चार्ज डाक्टर ओमकृष्ण पाठक, चिकित्सक प्रवेश कोइरालाले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

परीक्षणका क्रममा कान, छाला सम्बन्धी समस्या देखिएको चिकित्सक ओमकृष्ण पाठकले जानकारी दिनुभयो । जटिल समस्या नभएपनि देखिएका साधारण समस्याको उपचारको लागि औषधि वितरण गरिएको थियो । थप उपचारको लागि भरतपुर अपस्पतालमा आउन सुझाब दिएको थियो ।

स्वास्थ्य शिविर सञ्चालन हुनु पूर्व कार्यक्रमको उद्घाटन गर्दै इच्छाकामना गाउँपालिका वडा नंं २ का अध्यक्ष पञ्चराम चेपाङले पिछडीएको वर्ग चेपाङको बाहुल्यता भएको स्थानमा स्वस्थ्य शिविर सञ्चालन गर्नु ज्यादै राम्रो काम भएको बताउनुभयो । बिकट भएकाले उपचारको लागि भरतपुरसम्म जान आउन समेत समस्या पर्ने यहाँका बालबालिकाको लागि विद्यालयमा नै आएर उपचार गर्नाले राहत मिलेको बताउनुभयो । आउदा दिनमा पनि यस्तै र अन्य सेवा मुलक कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।
कुसुना नेपाल मैत्री संघ जापान, मास्के पुस्तक भण्डारको सहयोगमा युथ क्लब नारायणगढको आयोजनामा शैक्षिक समाग्री वितरण गरिएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष शालिग्राम नेपालले गरिब तथा विपन्न वर्गका समुदाय केन्द्रीत कार्यक्रम सस्थाले गर्दै आएको जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा क्लबले विगतका वर्षमा धेरै कार्यक्रम गरेको थियो । स्वास्थ्य शिविर भने लामो समयपछि आयोजना गरिएको हो । दुर्गम स्थानमा कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय आधारभुत विद्यालय वल्र्याङका प्राचार्य कल्पना भण्डारीले अत्यन्तै कठिन आर्थिक अवस्थाबाट गुज्र्रेका बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य शिविरले धेरै राम्रो काम गरेको बताउनुभयो । विपन्नलाई यस्तै सहयोगको आवश्यकता रहने उहाले बताउनुभयो ।

क्लबले विद्यार्थीको लागि शैक्षिक, खेलकुद, खाद्यान्न सामग्री वितरण गरेको थियो । कुसुना मैत्री संघ जापानका डाक्टर निरजप्रकाश जोशीले पाँच वर्षदेखि निरन्तर चेपाङ बालबालिकालाई शैक्षिक विकासका लागि जापानमा रहेर सहयोग गर्दै आउनु भएको छ ।

क्लबका पूर्व अध्यक्ष रामबाबु श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चेपाङ, चिकित्सक ओमकृष्ण पाठक, क्लबका पूर्व अध्यक्ष भूवन आचार्य, विष्णु सापकोटाले मन्तव्य राख्नु भएको थियो । क्लबका उपाध्यक्ष दयाराम कडेलले स्वागत गर्नु भएको कार्यक्रममा वरिष्ठ स्वस्थ्यकर्मी तोयनाथ भण्डारी, व्यवस्थापक ज्ञानहरि वाग्ले, केशव सापकोटा, निशा खत्री, प्रेमिका गुरुङ, शिक्षक उत्तम अधिकारी, रामजी रौनियार, पूर्ण गुरुङ, केशर चेपाङलगायतले सहजीकरण गर्नु भएको थियो । क्लबका महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा समुदायमा विरामी भएका अन्य बालबालिका तथा महिलाले पनि सेवा लिनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>