अर्थ

चितवनका सात पालिकालाई पाँच अर्ब ३३ लाख अनुदान, कुन पालिकालाई कति ?

Banner

चितवन, जेठ २१-

सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात वटा पालिकालाई पाँच अर्ब ३३ लाख रुपैयाँ अनुदान विनियोजन गरेकाे छ । पालिकाहरुले समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान पाएका छन् । अनुदानमा कालिका नगरपालिकालाई विभेद गरिएको छ । सशर्त अनुदानमा कालिकाले इच्छाकामनाले भन्दा पनि थोरै पाएको छ ।

भरतपुर महानगरपालिकाले चालुतर्फ एक अर्ब ६३ करोड ९७ लाख र पुँजीगततर्फ २५ करोड ५० लाख गरी कुल एक अर्ब ८९ करोड ४७ लाख रूपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरणतर्फ ३७ करोड छ लाख, सशर्ततर्फ एक अर्ब ३७ करोड ७६ लाख, विशेषतर्फ आठ करोड ५० लाख र समपूरकतर्फ छ करोड १५ लाख रूपैयाँ रहेको छ ।

कालिका नगरपालिकाले चालुतर्फ ३९ करोड पाँच लाख र पुँजीगततर्फ छ करोड १० लाख गरी कुल ४५ करोड १५ लाख रूपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरणमा १३ करोड ९२ लाख, सशर्ततर्फ २७ करोड ४८ लाख, विशेषतर्फ एक करोड ८५ लाख र समपूरकतर्फ एक करोड ९० लाख रूपैयाँ रहेको छ ।

खैरहनी नगरपालिकाको लागि चालूतर्फ ४२ करोड तीन लाख र पुँजीगततर्फ छ करोड ४६ लाख गरी ४८ करोड ४९ लाख रूपैयाँ अनुदान छुट्याइएको छ । जसमध्ये समानीकरणतर्फ १६ करोड १४ लाख, सशर्ततर्फ २७ करोड ८५ लाख, विशेषतर्फ तीन करोड र समपूरकतर्फ एक करोड ५० लाख रूपैयाँ रहेको छ ।
माडी नगरपालिका

माडी नगरपालिकाको लागि चालूतर्फ ४२ करोड ५६ लाख र पुँजीगततर्फ छ करोड ४३ लाख गरी कुल ४८ करोड ९९ लाख रूपैयाँ अनुदान छुट्याइएको छ । जसमध्ये समानीकरणतर्फ १२ करोड १३ लाख, सशर्ततर्फ ३३ करोड ४१ लाख, विशेषतर्फ दुई करोड ३५ लाख र समपूरकतर्फ एक करोड १० लाख रूपैयाँ रहेको छ ।

रत्ननगर नगरपालिकाले चालूतर्फ ५३ करोड ८१ लाख र पुँजीगततर्फ सात करोड ५४ लाख रूपैयाँ गरी कुल ६१ करोड ३५ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये समानीकरणतर्फ १८ करोड ६२ लाख, सशर्ततर्फ ३७ करोड ३३ लाख, विशेषतर्फ दुई करोड २० लाख र समपूरकतर्फ तीन करोड २० लाख रूपैयाँ रहेको छ ।

राप्ती नगरपालिकाको लागि चालूतर्फ ४८ करोड ९५ लाख र पुँजीगततर्फ १० करोड ५१ लाख गरी कुल ५९ करोड ४६ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको छ । जसमध्ये समानीकरणतर्फ १६ करोड २५ लाख, सशर्ततर्फ ३५ करोड छ लाख, विशेषतर्फ छ करोड ७५ लाख र समपूरकतर्फ एक करोड ४० लाख रूपैयाँ रहेको छ ।

इच्छाकामना गाउँपालिकाका लागि चालूतर्फ ३४ करोड ९२ लाख र पुँजीगततर्फ १२ करोड ५० लाख गरी कुल ४७ करोड ४२ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको छ । जसमध्ये समानीकरणतर्फ ९ करोड ९७ लाख, सशर्ततर्फ ३२ करोड ६५ लाख, विशेषतर्फ तीन करोड ३० लाख र समपूरकतर्फ एक करोड ५० लाख रूपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>