चितवन विशेष
चितवन राष्ट्रिय निकुञ्जमा सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते
०

चितवन, जेठ २०-
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन् । घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे बिजय मोरे, ५८ वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन् ।
घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक चितवन रत्ननगर नगरपालिका–४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























