चितवन विशेष

आज २४औँ विश्व दूध दिवस, चितवनमा दैनिक साढे चार लाख लिटर दूध उत्पादन

Banner

चितवन, जेठ १९-

आज २४औँ विश्व दूध दिवस । हरेक वर्ष जुन १ तारिखको दिन विश्व दूध दिवस मनाउने गरिन्छ । ‘दूध तथा दुग्धजन्य पदार्थको सेवन : दुग्ध व्यवसायको प्रबर्द्वन’ भन्ने नारासहित यो वर्ष विश्व दूध दिवस मनाइँदै छ ।

पशु सेवा कार्यालय चितवनले दिवसको अवसरमा बिहीवारदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । दिवसको कार्यक्रमलाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सहयोग गर्दै आएको छ ।

दूध दिवसको अवसरमा आज राम जानकी बालिका आश्रम देवघाटका बालिकाहरुलाई दूधजन्य पदार्थ वितरण गरिँदै छ । शुक्रवार चितवन कारागारका ७३० जना कैदीबन्दीलाई मोही वितरण गरिएको थियो । बिहीवार भरतपुर अस्पतालका विरामीलाई मोही खुवाइएको थियो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ पशु विकास अधिकृत सुशिल केसीका अनुसार एउटा मान्छेले स्वास्थ्यका लागि वर्षमा कम्तिमा ९१ लिटर अर्थात् एक दिनमा २५० मिलिलिटर दूध पिउनुपर्छ । चितवनमा दैनिक करिब साढे चार लाख लिटर दुध उत्पादन हुने अनुमान छ । सहकारीमार्फत मात्रै दैनिक साढे तीन लाख लिटर दूध संकलन हुने गरेको उनले बताए ।

दूध दिवस मनाउँदै गर्दा दुग्ध उत्पादक किसानले भने दूधको भुक्तानी पाएका छैनन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार चितवनका किसानले कात्तिकदेखिको करिब ७२ करोड रुपैयाँ पाएका छैनन् । सहकारीमार्फत दूध किनेका दुग्ध विकास संस्थान र नीजि डेरीले किसानको भुक्तानी नदिएको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>