खैरहनी

गर्मी बढेपछि चितवनको खैरहनीमा भोलि सबै विद्यालय बन्द

Banner

चितवन, जेठ १७-

गर्मी अत्यधिक बढेपछि चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले भोलि (शुक्रबार) बिदा दिएको हो । नगरपालिकाले आज एक सूचना जारी गर्दै एक दिन नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

चितवनको तापक्रम अहिले ३८ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>