चितवन विशेष
पछिल्लो तीन दिनदेखि चितवनको तापक्रम ३८ डिग्री,अधिकतम तापक्रम ४०
०

चितवन, जेठ १७-
चितवन लगायत देशभरि गर्मी गर्मी बढ्दो छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (बिहीबार) जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ । आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको विमानस्थलले जानकारी दिएको छ ।
न्यूनतम तापक्रम भने २९ डिग्री सेल्सियस रहेको छ । वैशाख ९ गते जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मी बढेसँगै नारायणगढ लगायतका बजारी क्षेत्रमा मानिसको चहलपहल घटेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























