चितवन विशेष

टिकौली जंगलमा एक पुरुषको शव फेला, पहिचान खुलेन

Banner

चितवन, जेठ १६-

भरतपुरको भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।

जंगलभित्र खगेरी पुल नजिकै मंगलवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए ।

उनका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए ।

‘मृतकको पहिचान अहिलेसम्म खुलेको छैन । पहिचान गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>